एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ? « Khabarhub

एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

कुशल भुर्तेलले तोडे दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको रेकर्ड


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् ।

नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक प्रहार गर्दा हिर्काएको १६ छक्का एउटै इनिङमा नेपाली खेलाडीले बनाएको सबैभन्दा धेरै हो । यसअघि टी–२० क्रिकेटमा नेपालका कुशल मल्लले हिर्काएको १२ छक्काको रेकर्ड उनले तोडेका हुन् ।

बाउन्डी रनको कुशल मल्लकै रेकर्डसमेत कुशल भुर्तेलले तोडेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले ११६ रन चौका र छक्काबाट मात्र बनाए । यसअघि मल्लले एउटै इनिङमा चौका र छक्काबाट अर्थात् बाउन्डी हानेर मात्र १०४ रनको रेकर्ड कायम गरेका थिए ।

टी–२० मा सर्वाधिक छक्काको रेकर्डसमेत भुर्तेलले तोडेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीको नाममा रहेको ८९ छक्काको रेकर्ड तोड्दै भुर्तेलले टी–२० मा ९९ छक्का प्रहार गर्ने नेपाली खेलाडीका रुपमा नयाँ रेकर्ड बनाएका हुन् ।

यसैगरी भुर्तेलले यसअघि एउटै ओभरका ६ बलमा छ छक्का हानेर दीपेन्द्रले नै बनाएको रेकर्डसमेत बराबरी गरेका छन् । उनले चीनविरुद्ध नवौं ओभरमा ६ बलमा ६ छक्का हिर्काएका हुन् ।

टी–२० को एउटै इनिङमा नेपालले सर्वाधिक छक्काको रेकर्डसमेत बनाएको छ । चीनविरुद्धको खेलमा नेपालले २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको रेकर्ड बनाएको हो ।

नेपालले चीनविरुद्ध मात्र दुई विकेट गुमाएर ३१३ रन बनाउँदै सर्वाधिक ठूलो रनको चुनौतीको रेकर्डसमेत बनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ५६ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले