बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड « Khabarhub

बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोलगायत महत्वपूर्ण अङ्गमा असर पुग्ने तथा उपचार खर्चसमेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको वक्ताहरूले बताएका हुन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले जीवनको गुणस्तर सुधार गर्न बाथरोगलगायत विभिन्न रोगबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताए । 

युवा अवस्थामै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको वर्तमान अवस्थामा स्वस्थ जीवनका लागि जनस्वास्थ्यसम्बन्धी सचेतना अझ प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

सेन्टरका अध्यक्ष डा विनीत वैद्यले बाथरोग ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोग भएकाले लक्षण देखिनासाथ उपचार सुरु गर्नुपर्ने बताए । 

सेन्टरले अनुसन्धान, शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा सेन्टरले आजदेखि ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा पनि गरेको छ ।

सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले अध्यक्ष वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने पुष्टि गरेको बताए । बाथरोगबारे आमसञ्चार माध्यम तथा सम्बन्धित निकायमार्फत अझ व्यापक जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ब्याण्डको तर्फबाट सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख डा कृष्ण ढकाल, मानव संसाधन विभागकी पवित्रा कार्कीलगायत वक्ताले बाथरोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । 

कार्यक्रममा सेन्टरमा दीर्घ सेवा गरेका कर्मचारी तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १२ : ५७ बजे

इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

जेनेभा- इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय