‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’ « Khabarhub

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा मन्त्रालय केन्द्रित रहेको बताइन्। 

उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको उल्लेख गर्दै आगामी दिनमा ती कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको जानकारी दिए । 

सचिव देवकोटाले स्वास्थ्य क्षेत्रका दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । 

साथै आगामी आर्थिक वर्षदेखि सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए ।

कार्यक्रममा अबका दिनमा काम कारबाहीबारे नियमित जानकारी गराउन सञ्चारकर्मीसँग निरन्तर संवाद गरिने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  २ : ५३ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी