बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति « Khabarhub

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । 

यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन् ।  

केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन् ।

बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ ।

यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन् ।

कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिए । आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ ।

यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ । 

आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।
 

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ३ : १६ बजे

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको

इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते

जेरुसलेम- इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

नेपालगञ्ज- बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका