विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया « Khabarhub

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उनको भनाइ छ ।

“समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ । त्यसैले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ”, डा देवले भने ।

शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो । अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ संखुवासभाका १० स्थानीय तहका मात्रै नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ४ : ४६ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय