संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी « Khabarhub

संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

टीकापुर– संघीय संसद तथा प्रदेश सभाका सांसदहरूले आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन व्यक्तिगत सहयोगी (पीए) सहित आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर–व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी गरेको नौबुँदे सन्देशपत्रमा संघीय संसद र प्रदेश सभाका सदस्यहरूका लागि सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो।

सन्देशपत्रको पाँचौँ बुँदामा सांसदहरूको कार्यगत दक्षता अभिवृद्धि, कानुन तर्जुमा प्रक्रियालाई सुदृढ बनाउने तथा संसदीय गतिविधिलाई गुणस्तरीय र प्रभावकारी बनाउन सहयोगी कर्मचारी आवश्यक रहेको उल्लेख गरिएको छ।

सम्मेलनले संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूलाई संसदीय जिम्मेवारी निर्वाह, अध्ययन–अनुसन्धान, कानुन निर्माण र नीति विश्लेषणका कार्यमा सहयोग पुर्‍याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।

संसदीय अभ्यासमा विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूलाई व्यक्तिगत सहयोगी, अनुसन्धानकर्ता तथा प्रशासनिक सहयोगी उपलब्ध गराइने व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो संरचनाको आवश्यकता औँल्याइएको छ।

अन्तर–व्यवस्थापिका मञ्चको सम्मेलनमा संघीय संसद, राष्ट्रिय सभा तथा सातै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ६ : ०९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि