आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ « Khabarhub

आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सियोल – उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ ।

उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निःशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यावहारिक सपना बताए ।

उनले अमेरिका र उसका सहयोगीहरूको चेतावनीका बीच उत्तर कोरियाले आफ्नो परमाणु शस्त्रागारलाई बलियो बनाइरहने बताए । यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ ।

उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानुनी महत्व नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दाबीलाई पनि उनले खण्डन गरे ।

उनले अमेरिका अझै पनि पुरानो सोचमा फसेको बताए । उत्तर कोरिया पछि हट्ने छैन र आफ्नो सुरक्षाका लागि आफ्नो परमाणु शक्ति बढाउने क्रम जारी राख्नेछ ।

उत्तर कोरियाले आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई बलियो बनाइरहेको छ । सन् २०१९ मा राष्ट्रपति ट्रम्प र नेता किम जोङ उनबीचको वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमलाई तीव्रता दिएको थियो । हालसालै किम जोङ उनले आणविक सामग्री उत्पादन प्लान्टको भ्रमण गरेका थिए ।

सो अवसरमा उनले मुलुकको आणविक शक्ति कैयौँ गुणा तीव्र रुपमा बढाइने बताएका थिए । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार किम जोङ उनले पनि एउटा हतियार कारखानाको भ्रमण गरी क्षेप्यास्त्र उत्पादन क्षमतामा साढे दुई गुणा वृद्धि गर्न आदेश दिएको जनाएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रम भइरहेका बेला यो भनाइ आएको हो । यो भ्रमणमार्फत चीन उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको अनुमान गरिएको छ । चीनले आणविक निशस्त्रीकरणको मुद्दा प्रत्यक्ष रुपमा नउठाउने तर आर्थिक सहयोग बढाउन जोड दिने विज्ञहरुको विश्वास छ ।

अर्कोतर्फ उत्तर कोरिया भने रुससँग नजिक हुँदै गएको देखिन्छ । अमेरिका र दक्षिण कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न हतियार र सेना पठाएको आरोप लगाएका छन् । प्योङयाङले रूसलाई गरेको सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक र सैन्य सहयोग प्राप्त गरिरहेको छ ।

यो जोङले अमेरिका र दक्षिण कोरियाले लगातार हतियार बढाएको आरोप लगाउँदै दुवै देशले सैन्य दबाब प्रयोग गरेर उत्तर कोरियालाई धम्क्याउन खोजेको दावी पनि गरेका छन् । यही कारण उत्तर कोरियाले आफ्नो परमाणु क्षमतालाई थप बलियो बनाइरहेको छ उनको दावी रहेको छ ।

प्योङयाङबारे जानकार स्रोतका अनुसार उत्तर कोरिया अब आफूलाई स्थायी परमाणु शक्तिका रुपमा स्थापित गर्न चाहन्छ । यसको उद्देश्य अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नु र विश्वव्यापी स्तरमा राजनीतिक मान्यता प्राप्त गर्नु हो तर, अमेरिका र उसका सहयोगी राष्ट्रहरु अझै पनि उत्तर कोरियामाथि दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ८ : ४० बजे

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि