पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध « Khabarhub

पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले असार २२ गते रोल्पाको माडि गाउँपालिका–६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही सहिद मार्र्ग बन्द भएको जानकारी दिए । 

त्यसैगरी, असार १७ गते रुकुमपश्चिम आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन । 

वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ३३ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२