‘बागमतीमा बढ्यो घरजग्गाको कारोबार, मधेसमा घट्यो’ « Khabarhub

‘बागमतीमा बढ्यो घरजग्गाको कारोबार, मधेसमा घट्यो’


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी   घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा  बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१-८२ को नौ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ ।
 
 अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो ।  प्रतिवेदनका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ । 

अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ६.७१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ३.२६ प्रतिशतले घटेको छ ।

प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा रु एक खर्ब ८३ अर्ब ९० करोडबराबरको घरजग्गाको कारोबार भएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा भने रु एक खर्ब सात करोड मूल्यबराबरको घरजग्गाको कारोबार भएको थियो । 

चालु आवको नौ महिनामा घरजग्गा कारोबारबाट सङ्कलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ३२ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३