अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ « Khabarhub

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल भएको बताएका छन् । 

मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सरकारको १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७ दशमलव २ प्रतिशत प्रगति हासिल भएको बताएका हुन् ।

उनले आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने धारण राखे । मन्त्री डा वाग्लेले राष्ट्रसेवकहरूमा सुशासन र सदाचार प्रवर्द्धनका लागि विभिन्न नीतिगत तथा कानुनी व्यवस्था गरिएको, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, राष्ट्रिय सदाचार नीति २०८३, राष्ट्रिय आरोग्य पर्यटन रणनीति तथा कार्ययोजना, २०८३ तर्जुमा गरिएको बताए । 

त्यस्तै अर्थमन्त्री डा वाग्लेले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्नका लागि काम भइरहेको बताए । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ भर्खरै सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको पनि उनले जानकारी दिए । 

 नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले समयबद्ध रणनीति र कार्य योजनासहित काम गरिरहेको र भविष्यमा पनि हर सम्भव प्रयास गर्ने उनले जानकारी दिए । बैठकले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित गरेको छ । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : १४ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका