राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ « Khabarhub

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई राष्ट्रियसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए । 

यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राखेका थिए । खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ०४ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली