दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव  « Khabarhub

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवाला निकाय, विज्ञ तथा आमनागरिकबाट रायसुझाव र प्रतिक्रिया माग गरेको छ।

राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरण गर्न सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। आयोगको सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकको सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार सुझाव तथा प्रतिक्रिया [email protected] इमेलमार्फत तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री बादी र उहाँको सचिवालयको इमेलमार्फत पठाउन सकिनेछ।

प्राप्त राय, सुझाव तथा प्रतिक्रियालाई आवश्यकताअनुसार अध्ययन गरी थर सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : ५८ बजे

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना