बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ « Khabarhub

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे विशेष प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएर जाँच गर्दा गैरकानुनी कारोबारमा संलग्न रहेको खुलेको थियो ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका ३० वर्षीय नबिन पौडेल तथा सोही ठाउँका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्। उनीहरूको साथबाट पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘वान एक्स बेट’ एपमार्फत अनलाइन सट्टेबाजी सञ्चालन गर्दै २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको छ।

त्यस्तै, उनीहरू क्रिप्टोकरेन्सी कारोबारमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले यूएसडीटी लगायतका अभौतिक मुद्रामार्फत ७९ हजार ६८ दशमलव ६५ यूएसडीटी बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबर हुन्छ।

अनुसन्धानका क्रममा उनीहरूको खातामा १ हजार ५०१ दशमलव ३२ यूएसडीटी मौज्दात रहेकोसमेत भेटिएको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबर हुन्छ।

पक्राउ परेका तीनै जनाविरुद्ध अनलाइन सट्टेबाजी गर्न वा गराउन नहुने तथा अभौतिक मुद्राको अवैध कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १० : ४७ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै