‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’ « Khabarhub

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएका घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

जेन-जी शहीद दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै नेसपा नयाँ शक्तिले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले सरकारसमक्ष प्रतिवेदन पेस गरिसकेको अवस्थामा सार्वजनिक नगरिनु गम्भीर विषय भएको जनाएको हो।

पार्टीले आन्दोलनका क्रममा भएका घटनाबारे फरक–फरक धारणा र व्याख्या भइरहेको भन्दै त्यसको सत्य–तथ्य स्थापित गर्नु राज्यको दायित्व भएको जनाएको छ। ‘आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी जनतालाई सत्य–तथ्य जान्ने अधिकार सुनिश्चित गर्न’ सरकारसँग माग गरिएको छ।

नेसपा नयाँ शक्तिले भदौ २३ र २४ गतेको जेन-जी विद्रोहलाई नेपाली राजनीतिको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेको छ। विद्रोहले नयाँ पुस्तामा विकसित हुँदै गएको राजनीतिक चेतना, राज्य सञ्चालनप्रतिको असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सशक्त रूपमा अभिव्यक्त गरेको पार्टीको भनाइ छ।

पार्टीले जेन-जी विद्रोहपछि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजी प्रतिनिधिबीच भएका सहमति तथा प्रतिबद्धतालाई आन्दोलनका माग संस्थागत रूपमा सम्बोधन गर्ने आधारका रूपमा कार्यान्वयन गर्न पनि माग गरेको छ। ती सहमतिको शीघ्र र प्रभावकारी कार्यान्वयन गरी कार्यप्रगति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

‘वर्तमान सरकार जेन-जी विद्रोहले सिर्जना गरेको राजनीतिक परिस्थितिको जगमा निर्माण भएको हो,’ उसले भनेको छ, ‘त्यसैले यस सरकारले जेन-जी पुस्ताको भावना र अपेक्षालाई सत्ता निर्माणको सन्दर्भमा मात्र होइन, राज्य सञ्चालनको मूल कार्यदिशाका रूपमा ग्रहण गर्नुपर्छ।’

पार्टीका संयोजक दुर्गा सोबले युवाले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, रोजगारी, अवसर र राजनीतिक पुस्तान्तरणका प्रश्नमा सरकारले ठोस परिणाम देखाउनुपर्ने जनाएकी छन्।

जेन-जी विद्रोहलाई केवल सरकार वा नेतृत्व परिवर्तनमा सीमित गर्न नहुने भन्दै नेसपा नयाँ शक्तिले यसको मूल प्रश्न राजनीतिक संस्कार र शासन प्रणालीमा परिवर्तन भएको दाबी गरेको छ।

नयाँ अनुहारको प्रवेशसँगै पुरानै कार्यशैली, अपारदर्शिता र जवाफदेहिताविहीन शासन कायम रहे आन्दोलनको उद्देश्य अधुरै रहने पार्टीको निष्कर्ष छ।

नेसपा नयाँ शक्तिले स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजवादलाई लामो समयदेखि राजनीतिक रूपान्तरणको आधारका रूपमा अघि सार्दै आएको जनाएको छ।

आजको पुस्ताले उठाएका प्रश्नले वैकल्पिक राजनीतिको आवश्यकता थप प्रस्ट बनाएको भन्दै पार्टीले नयाँ पुस्ताको ऊर्जा र आकांक्षालाई लोकतान्त्रिक, प्रगतिशील र रूपान्तरणकारी राजनीतिको शक्तिमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ११ : ४२ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन