भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग « Khabarhub

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित  परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । 

उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।

कैदीबन्दीले १०० देखि दुई हजार रुपैयाँसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो ।

तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ५३ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा