रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा « Khabarhub

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो ।

उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।

दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ ।

यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १२ : ११ बजे

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई