रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा « Khabarhub

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो ।

उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।

दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ ।

यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : ११ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि