बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप « Khabarhub

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ ।
      
आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।

रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । साथै रसुवामा खोप अभियान यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : ४० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक