भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित « Khabarhub

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित भएका छन् । 

तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका–व ३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुनलागेको बन्दागोभी बेच्न नपाइएलाकी भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिए ।

उनका अनुसार नमूना वस्तीका रूपमा परिचित गत्लाङमा गतवर्ष एक हजार ६५० ट्रक बन्दागोभी बिक्री भएकामा यसवर्ष बढी दुई हजार १०० टन उत्पादन अनुमान गरिएको छ ।  

बन्दागोभी उत्पादनका लागि प्रख्यात सो तामाङ वस्तीको आयआर्जनको स्रोत तरकारी खेती रहेको बताउँदै उनले भने, ‘अबको १५–२० दिनभित्र फसल तयार हुन्छ । त्यो बेलासम्म बाटो तयार हुँदैनकी भन्ने चिन्तामा छौँ । बन्दागोभी बेच्न नपाए हातमुख जोड्न गाह्रो छ । बाटो निर्माणतर्फ सरकारको ध्यान जाओस् ।’

सो गाउँपालिकाका उपाध्यक्ष चण्डीका तामाङले प्रकृतिले ठगेको रसुवा जिल्लाको उर्वर भूमि गत्लाङमा यस वर्ष बन्दागोभी खेती लोभलाग्दो रहेको बताउँदै बाटो अभावका कारण समयमै फसल बजारसम्म पुर्याउन नसक्दा भौके बस्न पर्नेहोकी भनी चिन्ता व्यक्त गरे। 

उनले खाद्यान्न मात्र नभइ नुन–तेल, मरमसला, शिक्षा–स्वास्थ्य, बैंक कर्जालगायत सम्पूर्ण आर्थिक कारोबारको स्रोत रहेको गत्लाङको बन्दागोभी बिकेन भने बाढीसँगै अर्को विपत्तिको सामना गर्नुपर्ने अवस्था रहेको बताए।
 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : ०४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक