बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग « Khabarhub

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि दोलखाका भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्।

भीमेश्वर नगरपालिकाले कर्मचारी तथा शिक्षकको २०८३ भदौ महिनाको तलब तथा पारिश्रमिकबाट कट्टा हुने रकम र जनप्रतिनिधिले खाइपाइ आएको सुविधाको सात दिनबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। यसबाट नगरपालिकाबाट ३० लाख ६२ हजार ५९३ रुपैयाँ सहयोग हुने नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए।

नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका वा बेपत्ता भएका स्थायी बासिन्दाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ र बाढीमा परी घाइते भएका नागरिकलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

नगरप्रमुख मानन्धरका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।

यसैगरी, बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।

गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ तथा जनप्रतिनिधि र कर्मचारीबाट संकलित पाँच लाख ७० हजार रुपैयाँ गरी कुल ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्न लागिएको हो।

वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाका अनुसार जनप्रतिनिधितर्फ गाउँ कार्यपालिका सदस्यबाट ८० हजार रुपैयाँ र गाउँसभा सदस्यबाट ८१ हजार रुपैयाँ तथा कर्मचारीबाट चार लाख नौ हजार रुपैयाँ संकलन भएको छ।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष लामाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र समन्वय निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, वैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : ३० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान