हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश « Khabarhub

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छाड्न आदेश दिएको छ।

हङ्गेरीकी विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार उक्त निर्णयबारे जानकारी दिँदै रुसी कूटनीतिज्ञहरूले कस्ता गतिविधि गरेका थिए भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेनन्। उनीहरूलाई कति समयभित्र हङ्गेरी छाड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन।

विदेशमन्त्री ओर्बानका अनुसार हङ्गेरीका अधिकारीको मूल्याङ्कनका आधारमा रुसी नियोगका १० सदस्यले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी रुसी राजदूतलाई गराइएको छ।

भियना महासन्धिले कूटनीतिज्ञहरूको आचरण, अधिकार तथा जिम्मेवारीसम्बन्धी अन्तर्राष्ट्रिय नियम निर्धारण गर्छ।

विदेशमन्त्री ओर्बानले उक्त निर्णय हङ्गेरीको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न आवश्यक भएको बताए। यद्यपि, यस कदमले रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने संकेत नगरेको उनले स्पष्ट पारे।

ुयसले रूससँग कूटनीतिक सम्बन्ध तोड्ने संकेत गर्दैन। हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,’ उनले जारी गरेकोविज्ञप्तिमा उल्लेख छ।

१० रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने हङ्गेरीको निर्णयलाई प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूससम्बन्धी नीतिमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। मग्यारले यस वर्षको सुरुमा पदभार ग्रहण गर्दा हङ्गेरीको लामो समयदेखि कायम रूससमर्थक नीतिमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए।

यसअघिका प्रधानमन्त्री भिक्टर ओर्बानलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा हेरिँदै आएको थियो। उनको कार्यकालमा हङ्गेरीले रूसमाथि युरोपेली सङ्घ (ईयू) ले लगाएका केही प्रतिबन्धमा ढिलाइ गर्ने वा तिनलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो।

त्यसैगरी, हङ्गेरीले रूससँग ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्झौतालाई पनि निरन्तरता दिँदै आएको थियो। पछिल्लो निर्णयसँगै बुडापेस्ट र मस्कोबीचको कूटनीतिक सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ६ : ४२ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा