हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश « Khabarhub

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छाड्न आदेश दिएको छ।

हङ्गेरीकी विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार उक्त निर्णयबारे जानकारी दिँदै रुसी कूटनीतिज्ञहरूले कस्ता गतिविधि गरेका थिए भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेनन्। उनीहरूलाई कति समयभित्र हङ्गेरी छाड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन।

विदेशमन्त्री ओर्बानका अनुसार हङ्गेरीका अधिकारीको मूल्याङ्कनका आधारमा रुसी नियोगका १० सदस्यले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी रुसी राजदूतलाई गराइएको छ।

भियना महासन्धिले कूटनीतिज्ञहरूको आचरण, अधिकार तथा जिम्मेवारीसम्बन्धी अन्तर्राष्ट्रिय नियम निर्धारण गर्छ।

विदेशमन्त्री ओर्बानले उक्त निर्णय हङ्गेरीको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न आवश्यक भएको बताए। यद्यपि, यस कदमले रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने संकेत नगरेको उनले स्पष्ट पारे।

ुयसले रूससँग कूटनीतिक सम्बन्ध तोड्ने संकेत गर्दैन। हङ्गेरी पारस्परिक सम्मान र नियमको पालनामा आधारित आवश्यक संवाद जारी राख्न चाहन्छ,’ उनले जारी गरेकोविज्ञप्तिमा उल्लेख छ।

१० रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने हङ्गेरीको निर्णयलाई प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूससम्बन्धी नीतिमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। मग्यारले यस वर्षको सुरुमा पदभार ग्रहण गर्दा हङ्गेरीको लामो समयदेखि कायम रूससमर्थक नीतिमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए।

यसअघिका प्रधानमन्त्री भिक्टर ओर्बानलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा हेरिँदै आएको थियो। उनको कार्यकालमा हङ्गेरीले रूसमाथि युरोपेली सङ्घ (ईयू) ले लगाएका केही प्रतिबन्धमा ढिलाइ गर्ने वा तिनलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो।

त्यसैगरी, हङ्गेरीले रूससँग ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्झौतालाई पनि निरन्तरता दिँदै आएको थियो। पछिल्लो निर्णयसँगै बुडापेस्ट र मस्कोबीचको कूटनीतिक सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : ४२ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान