एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार « Khabarhub

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा गरिरहेका एक हजार भन्दा बढी आप्रवासीलाई पश्चिम अफ्रिकाको तटीय क्षेत्रबाट एक साताभित्र उद्धार गरिएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ)ले जनाएको छ ।

सोमबार जारी विज्ञप्तिमा एमएसएफले जनाएअनुसार, उद्धार गरिएका एक हजार ४६ जना सातवटा डुङ्गामा सवार थिए । ती सबै डुङ्गा गाम्बियाबाट स्पेनको क्यानरी टापुतर्फ जाँदै गर्दा समुद्रमा अलपत्र परेका थिए ।

अगस्टको अन्तिम साता उद्धार गरिएका उनीहरूलाई मौरिटानियाको नोआधिबु तथा सेनेगलका रोसो र डाकारमा ल्याइएको एमएसएफले जनाएको छ ।

वर्षौँदेखि हजारौँ मानिस, विशेषगरी युवा, क्यानरी टापु हुँदै युरोप पुग्ने प्रयासमा अत्यधिक यात्रु बोकेका र प्रायः जीर्ण अवस्थामा रहेका डुङ्गामार्फत एट्लान्टिक महासागरको जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

युरोपेली मुलुकले भिसा जारी गर्ने प्रक्रियामा कडाइ गर्नुका साथै सीमामा निगरानी र नियन्त्रण बढाएपछि गरिबी तथा कठिन परिस्थितिबाट भाग्न खोज्ने धेरै मानिस असुरक्षित र अवैध समुद्री मार्ग रोज्न बाध्य भएका छन् ।

एमएसएफका अनुसार उद्धार गरिएकामध्ये धेरैमा गम्भीर जलवियोजन, बेहोसी, हड्डी भाँचिएको, अत्यधिक थकान तथा छाला, पेट र श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण देखिएको थियो ।

यात्राका क्रममा आफ्ना प्रियजनको मृत्यु देखेका कारण धेरै आप्रवासीमा गहिरो मनोवैज्ञानिक असर परेको पनि एमएसएफले जनाएको छ । उद्धार गरिएकामध्ये १३४ जना महिला थिए, जसमा एक गर्भवती महिला पनि थिइन् । त्यस्तै, ८८ जना बालबालिका तथा नाबालिग रहेको संस्थाले जनाएको छ ।

उनीहरूमध्ये अधिकांश सेनेगल र गाम्बियाका नागरिक थिए भने केही माली, गिनी, आइभरी कोस्टलगायत अन्य देशका नागरिक पनि थिए ।

एमएसएफका अनुसार धेरै आप्रवासीले आफ्नै देशमा तथा युरोप पुग्ने क्रममा हिंसाको सामना गर्नुपरेको बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र