श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान « Khabarhub

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहलले आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन समस्त रोजगारदाता तथा प्रतिष्ठानहरूलाई ताकेता गरेको छ । 

विभागले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ।

सोही कानुनी प्रावधान बमोजिम आफ्ना श्रमिकहरूलाई उक्त सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाताहरूलाई अनुरोध गरिएको छ ।

यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले नियमानुसार पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले सम्बन्धित प्रतिष्ठान रहेको कार्यक्षेत्रमा पर्ने श्रम तथा रोजगार कार्यालय वा सोझै विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन् । 

उजुरी प्रक्रियालाई सहज बनाउन विभागले वेबसाइट, इमेल जस्ता माध्यमहरू पनि खुला गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ४ : ४९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको