मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक « Khabarhub

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले उच्च सम्मान व्यक्त गरेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनोस एयर्समा अफ्रिकी मुलुक बेनिनविरुद्धको मैत्रीपूर्ण खेलपछि मेस्सीले सामाजिक सञ्जालमा पोस्ट गरेको बिदाइ सन्देशमा प्रतिक्रिया दिँदै पोर्चुगिज फरवार्ड रोनाल्डोले भावुक प्रतिक्रिया दिएका छन् ।

उक्त पोस्टमा रोनाल्डोले प्रतिक्रिया दिँदै मेसीले कहिल्यै नमेटिने इतिहास बनाएको उल्लेख गरेका छन् । उनले अर्जेन्टिनाका लागि मेस्सीले हासिल गरेको सफलताप्रति आफ्नो उच्च सम्मान रहेको जनाएका छन् ।

३९ वर्षीय मेस्सीले गत जुलाईमा अमेरिकामा सम्पन्न विश्वकपको फाइनलमा अर्जेन्टिनाको नेतृत्व गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनविरुद्धको आफ्नो अन्तिम खेलमा मेस्सीले एक गोल गर्नुका साथै अन्य दुई गोलका लागि पास मिलाएका थिए ।

भावुक सन्देशमा उनले दिवंगत फुटबल दिग्गज डिएगो म्याराडोनालाई स्मरण गर्दै आफ्ना पूर्व क्लबहरू र समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को फाइनालिसिमाको उपाधि जितेको थियो ।

मेस्सी र रोनाल्डोले विगत १५ वर्षभन्दा बढी समय फुटबल जगतमा एकछत्र राज गर्दै संयुक्त रूपमा १३ पटक प्रतिष्ठित ब्यालोन डि’ओर पुरस्कार जितेका छन् । विशेष गरी स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी र रियल मड्रिडबाट रोनाल्डोले खेलेको नौ वर्षको अवधिमा उनीहरूबीचको प्रतिस्पर्धा उत्कर्षमा पुगेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ६ : ४३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी