बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू) « Khabarhub

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती तथा सम्भावित घटना लक्षित गस्ती सुरू गरेको छ । पल्सर, बुलेट, एफ–जेट, डियोलगायत ब्राण्डका मोटरसाइकल–स्कुटर गस्तीमा प्रयोग भएका छन् ।

पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती थालिएको छ भने कालोबजारी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ ।  

चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीबाट ४ सय ३३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी फणिन्द्र प्रसाईंले बताए । प्रहरीले बागलुङ बजारमा ५१, गलकोट बजारमा ४४, बुर्तिबाङ बजारमा १२ गरेर १०७ वटा सीसीटिभीबाट निरन्तर निगरानी गर्ने उनको भनाइ छ ।

यात्रुको सहजताका लागि बागलुङ जिल्ला प्रवेशद्वार मालढुंगा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ४८ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी