बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू) « Khabarhub

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती तथा सम्भावित घटना लक्षित गस्ती सुरू गरेको छ । पल्सर, बुलेट, एफ–जेट, डियोलगायत ब्राण्डका मोटरसाइकल–स्कुटर गस्तीमा प्रयोग भएका छन् ।

पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती थालिएको छ भने कालोबजारी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ ।  

चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीबाट ४ सय ३३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी फणिन्द्र प्रसाईंले बताए । प्रहरीले बागलुङ बजारमा ५१, गलकोट बजारमा ४४, बुर्तिबाङ बजारमा १२ गरेर १०७ वटा सीसीटिभीबाट निरन्तर निगरानी गर्ने उनको भनाइ छ ।

यात्रुको सहजताका लागि बागलुङ जिल्ला प्रवेशद्वार मालढुंगा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ५ : ४८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको