भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल « Khabarhub

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । 

आजदेखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले यहाँ २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् । यससँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन् ।

मोटरसाइकल खरिद र एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएको छ । यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा आफ्नो रुचि र उत्साहसँग जोडिन थप अवसर दिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ६ : ४३ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।