कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा « Khabarhub

कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको आन्ताल्या पुगेका छन् ।

नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३ गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउने छन् ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा : ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।

यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल यही नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ८ : ०१ बजे

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा पोखरा महानगरको अनुगमन

कास्की– पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै

कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

नवलपुर– हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ– दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि