चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा « Khabarhub

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपाली समाजमा चाडपर्वले आपसी एकता र सहअस्तित्वलाई प्रगाढ बनाउने उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नेपालीको मौलिकता, स्वाभिमान र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण धरोहर रहेको बताएका छन् ।

उनले नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वाभिमान, एकता र सहअस्तित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १२ : २२ बजे

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हैदराबाद– भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, थप नखसे भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला– मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र