चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला « Khabarhub

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । 

नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड फ्रग’ नाम दिइएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भएको छ ।

अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा नयाँ प्रजाति पहिचान गरेको हो । यसको शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा नयाँ प्रजाति भएको पुष्टि गरिएको हो ।

अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइमा रहेका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ । सदाबहार चौडा पात भएका रूखहरू यसको प्रमुख बासस्थान हुन् ।

हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यसले हाइनान टापुमा उभयचर जीवको विविधता थप विस्तार गरेको छ ।

सन् २०२१ मा स्थापना भएको हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्ज चीनको महत्त्वपूर्ण जैविक विविधता संरक्षण क्षेत्र हो । निकुञ्ज प्रशासनका अनुसार पछिल्ला पाँच वर्षमा यहाँ वनस्पति र वन्यजन्तुका ९० भन्दा बढी नयाँ प्रजाति फेला परेका छन् ।

निकुञ्जले हाइनानको ९५ प्रतिशतभन्दा बढी प्राथमिक वन र ५५ प्रतिशतभन्दा बढी प्राकृतिक वनको प्रभावकारी संरक्षण गरेको जनाएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : ४६ बजे

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको