फूल बेचेरै तिहार खर्चको जोहो « Khabarhub

फूल बेचेरै तिहार खर्चको जोहो


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन् । 

नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए । ‘हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,’ उनले भने, ‘चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो ।’

यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए । सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए ।

तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ । 

जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन् । 

उनका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ । जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ । भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन् ।

तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताइन् ।  
 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : ४६ बजे

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको