काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ लाख ६५ हजार एक सय ९५ रुपैयाँ नगद र ताससहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकालीका अनुसार मिति २०८३ साल माघ २२ गते राति अन्दाजी २ बजेको समयमा उक्त रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
छापा मार्ने क्रममा जुवाखालबाट ९ बुक तास, नगद ६ लाख ६५ हजार १ सय ९५ रुपैयाँ र १० थान मोबाइल फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सुनिल श्रेष्ठ, सहिद महम्मद, सरोज कार्की, सोनाम शेर्पा, अनिल लामिछाने, गणेश मान श्रेष्ठ, अनिल भण्डारी, ताराविर तामाङ र महेन्द्र खनाल रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया