थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी   « Khabarhub

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ । यस अवसरमा थारू बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई नगर रोटी वा चौधरी रोटी पनि भनिन्छ) पकाउने र पूजाअर्चना गर्ने बेग्लै रौनकता छ

।

चितवनको कालिका नगरपालिकाकी थारू अगुवा बालकुमारी चौधरीकाअनुसार सोहराई थारू समाजको सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्वहरूमध्ये एक हो। अन्य समुदायले लक्ष्मी पूजा मनाइरहँदा थारू समुदायले भने यसलाई आफ्नै विशिष्ट सांस्कृतिक पहिचानसहित ‘सोहराई’ का रूपमा मनाउँछन् । 

वर्षभरि सुख, शान्ति मिलोस् र घरमा अन्नको भण्डार भरियोस् भन्ने कामनासहित यो पर्व मनाइन्छ। लक्ष्मी पूजा तथा गाई तिहारको अवसरमा बनाइने ढिकर रोटी सोहराई पर्वको मुख्य परिकार र पूजा सामग्री मानिन्छ। चामलको पिठोलाई मुसेर विशेष आकार दिएर ढिकर रोटी तयार पारिन्छ। सोहराई पर्वमा यो रोटी अनिवार्य परिकारको रूपमा बनाइन्छ।

ढिकर रोटी बनाउन थारू भाषामा ‘एटलहरी’ भनिने परम्परागत विशेष भाँडोको प्रयोग गरिन्छ। तलको भाँडोमा पानी राखिन्छ र माथि प्वाल परेको भाग (पैनी) मा रोटीहरू राखेर मोमो पकाएझैँ बाफमा उसिनेर ढिकर पकाउने गरिन्छ।

सोहराईको बेलुका घरको आँगनमा गोबरले पोतेर सुन्दर रङ्गोली बनाइन्छ र माटोको दियो बालेर ‘दिउली बत्ती’ पूजा गरिन्छ। घरको प्रमुख व्यक्तिले मन्त्र जप गरी आँगन र दैलोमा पूजा गर्छन्। भोलिपल्ट बिहान आँगनमा धान, चामल र ढिकर रोटी राखी पूजाअर्चना गरी घर भित्र्याउने परम्परा छ।

तातोतातो ढिकर रोटीलाई विशेष गरी मासु, माछा वा विभिन्न चटनीसँग खाने चलन छ । भोलिपल्ट बिहान भने यस रोटीलाई आगोमा पोलेर खाने गरिन्छ, जसको स्वाद अझ मीठो हुन्छ । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ५ : ५७ बजे

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा

सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल

काठमाडौं– बलिउड सुपरस्टार सलमान खानसँग भेट्ने अवसर पाउँदा नेपाली अभिनेता

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको