रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु) « Khabarhub

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइदैछ।

लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ । धनकी देवी लक्ष्मीको आराधना गर्दै घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित पूजा गरिएको छ ।

काठमाडौंको दरबारमार्ग क्षेत्रमा रहेका पसलका मूल ढोकाहरू पनि विभिन्न रङ र आकृतिका रङ्गोलीले सजिएका छन् । लक्ष्मीलाई घर तथा व्यापारिक प्रतिष्ठानमा स्वागत गर्न ढोकादेखि पूजास्थलसम्म लक्ष्मीका पाइला बनाउने र दीप प्रज्वलन गर्ने परम्परा रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ६ : ३३ बजे

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)

काठमाडौं– धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा