काठमाडौँ– थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो ।
उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जुवा खालबाट नौ जना पक्राउ
प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आज तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।
उनीहरूका साथबाट नौ बुक तास, छ लाख ८५ हजार रुपैयाँ र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।














प्रतिक्रिया