काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
तिहार र दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे।
सन्देशमा उनले दियोको उज्यालोले अन्धकार हटाएझैँ नेपाली समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
सभापति थापाले तिहार पर्वले सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै हरेक घरमा खुसी, हरेक मनमा आशा र साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस् भन्दै शुभकामना व्यक्त गरे।














प्रतिक्रिया