नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि दिल्ली फायर सर्भिसका २५ वटा दमकल परिचालन गरिएको थियो । दमकलकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।
आगो नियन्त्रणमा आएपछि घटनास्थलमा कुलिङ अपरेसन सञ्चालन गरिएको थियो । सम्भावित जोखिम न्यूनीकरण र सुरक्षालाई ध्यानमा राख्दै उद्धार तथा निगरानीको काम तीव्र पारिएको अधिकारीहरूले जनाएका छन् ।
आगलागीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन । घटनामा मानवीय क्षति भए–नभएकोबारे पनि विस्तृत जानकारी आउन बाँकी छ ।
यसैबीच, दिल्ली फायर सर्भिसले सम्भावित आगलागीका घटनामा तत्काल प्रतिक्रिया दिन राजधानीभरका ७१ वटा फायर स्टेसनलाई २४सै घण्टा सक्रिय अवस्थामा राखेको छ ।
त्यस्तै, साँघुरा गल्ली तथा दमकल पुग्न कठिन हुने स्थानमा छिटो उद्धार तथा राहत कार्य सञ्चालन गर्न ५० वटा क्विक रेस्पोन्स भेहिकल र २० वटा फर्स्ट रेस्पोन्डर मोटरसाइकलसमेत तैनाथ गरिएको छ ।
भारतीय सञ्चारमाध्यम जागरणका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।














प्रतिक्रिया