कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै « Khabarhub

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेन-जी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन् । 

पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरहेका उनले जानकारी दिइन् । उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए ।  

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । कैदीबन्दी स्वैच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

फरार रहेका कैदीबन्दीका बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रजिअ पौडेलले बताए । रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : २४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको