नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम « Khabarhub

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । 

जिल्ला निर्वाचन  कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् ।

जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल दुई लाख ६० हजार ४६१ मतदाता थिए । 

तत्कालीन समयमा भन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन् । 
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : २२ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत