नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम « Khabarhub

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । 

जिल्ला निर्वाचन  कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् ।

जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल दुई लाख ६० हजार ४६१ मतदाता थिए । 

तत्कालीन समयमा भन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन् । 
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर