कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति « Khabarhub

कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनमा सो पार्टीको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विज्ञप्ति निकालेर समर्थन जनाएका छन् । 

कांग्रेस सिन्धुपाल्चोकका सभापति अंगबहादुर लामा र बाँकेको सभापति नारायणप्रसाद गौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन सफल बनाउन आह्वान गरेका हुन् ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने र नगर्ने विषयमा कांग्रेसमा मतभेद बढ्दै जाँदा पार्टीको माथिदेखि तलसम्मका नेता तथा कार्यकर्ता ध्रुवीकृत भएर आफ्नो धारणा सार्वजनिक गर्ने गरिरहेका छन् । 

सोही क्रममा बिहीबार एकपछि अर्को गर्दै धेरै जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेको देखिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ४७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले