नेकपानिकट महिला संगठनले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अर्को साम्राज्यवादी प्रहार « Khabarhub

नेकपानिकट महिला संगठनले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अर्को साम्राज्यवादी प्रहार


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल महिला संघ (समाजवादी) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबर्जस्ती नियन्त्रणमा लिइएको घटनाको कडा निन्दा गरेका छन्।

बिहीबार जारी संयुक्त विज्ञप्तिमा दुवै संगठनले उक्त कार्यलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको गम्भीर आक्रमण र विश्व समाजवादी आन्दोलनविरुद्धको प्रहारको रूपमा व्याख्या गरेका छन्।

जननिर्वाचित राष्ट्रपतिमाथि बल प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरूको ठाडो उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ट्रम्पबाट पछिल्ला दिनमा अन्य राष्ट्रहरूलाई लक्षित गर्दै प्रयोग भइरहेका धम्कीपूर्ण अभिव्यक्तिप्रति पनि आपत्ति जनाइएको छ।

यस्ता भनाइ स्वतन्त्र राष्ट्रहरूलाई दबाबमा राख्ने साम्राज्यवादी षड्यन्त्रको हिस्सा भएको संगठनहरूको ठहर छ।

दुवै संगठनले राष्ट्रपति मदुरो र उनकी पत्नी फ्लोरेसलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेका छन्।

यसका साथै भेनेजुएलाको सार्वभौमिकता, स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै विश्व शान्ति निर्माणमा भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

विज्ञप्तिमा महिला, श्रमजीवी वर्ग, किसान, युवा तथा बामपन्थी र प्रगतिशील समुदायलाई साम्राज्यवादी हस्तक्षेपविरुद्ध स्पष्ट रूपमा आवाज उठाउन र अन्तर्राष्ट्रिय न्यायपूर्ण आन्दोलनमा दृढतापूर्वक उभिन आग्रह गरिएको छ।

साम्राज्यवादविरुद्ध संघर्ष, समाजवादतर्फ अग्रसरता र विश्व शान्तिको रक्षा आजको ऐतिहासिक जिम्मेवारी भएको भन्दै संगठनहरूले यो संघर्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ३० बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले