युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित « Khabarhub

युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र विद्युत आपूर्तिविहीन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ ।
  
अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरूमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन् । 

ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् ।
  
दस लाख भन्दा बढी ग्राहकहरूका लागि विद्युत र पानी आपूर्ति पुनर्स्थापना गर्न दनिप्रोपेट्रोभस्क क्षेत्रमा मर्मत कार्य जारी रहेको पुनर्स्थापना मन्त्री ओलेक्सी कुलेबाले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।  

युक्रेनी वायु सेनाले रूसले ९७ वटा ड्रोन र  ७० वटा हवाई रक्षा प्रणालीद्वारा  विभिन्न २७ वटा स्थानमा आक्रमण गरेको बताएको छ ।

आक्रमणमा ड्निप्रोपेट्रोभस्कको महत्वपूर्ण ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको सैन्य प्रमुख भ्लादिस्लाव गाइभानेन्कोले बताएका छन् ।  

‘अवस्था कठिन भएको बताउँदै  सुरक्षा व्यवस्थाले अनुमति दिए लगत्तै, ऊर्जा कामदारहरूले पुनर्स्थापना कार्य सुरु गर्ने उनले टेलिग्राम मार्फत बताएका छन् । 
 
जापोरिझियामा, बिजुली आपूर्ति प्रमुख सुविधाहरूमा पुनर्स्थापित गरिएको भएता पनि अधिकांश उपभोक्ताहरू अझै पनि बिजुली विहीन भएको गभर्नर, इभान फेडोरोभले जनाएका छन् ।  

किएभले आफ्नो ऊर्जा ग्रिडको लामो समय देखि चलिरहेको लक्ष्यलाई रूसी तेल डिपो लगायतमा आक्रमण गरी प्रतिक्रिया दिएको छ भने मस्कोको महत्त्वपूर्ण ऊर्जा निर्यात कटौती गर्न र इन्धनको अभाव निम्त्याउन खोजिरहेको छ । 
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ३ : १४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक