रहबर अन्सारीले छोडे नेकपा « Khabarhub

रहबर अन्सारीले छोडे नेकपा


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा छाडेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अन्सारीले हुलाकबाट राजीनामा पत्र पठाएका हुन् ।

राजीनामापत्रमा रहबरले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है…’ सम्झिँदै कटाक्ष गरेका छन् । उक्त सायरी प्रचण्डको स्मृतिमा मात्रै रहेको भन्दै उनले चित्त दुखाएका छन् ।

राजीनामा पत्रमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा बोलेको “सागर केतूफान को भी हमने बस में किया है…” भन्ने सायरी उद्धृत गर्दै उक्त भनाइ अब प्रचण्डको सम्झनामा मात्र सीमित रहेको उल्लेख गरेका छन्।

अन्सारीले साहस, इमानदारी र जोखिम तीनवटै मूल्य-मान्यता माओवादी केन्द्रले छाडिसकेको टिप्पणी पनि गरेका छन् ।

उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । अन्सारीले त्यसबेला एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।

प्रदेशसभा सदस्य अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्यासीसमेत थिए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : २७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री