‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’ « Khabarhub

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफूहरूको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरूले आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कब्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफूहरूबाट नहुने बताए । उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गरे अवस्थामा पुस २७ र २७ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए । 

पुस २७ र २७ गते विशेष महाधिवेशन आयोजना गर्न सो पक्षले काठमाडौंको भृकुटिमण्डपमा समेत तयारी गरेको छ । भृकुटिमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ५ : १४ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन