काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन र २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।













प्रतिक्रिया