प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव « Khabarhub

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टा लामो वार्ता भएको छ।

प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका ओलीले लामो संवाद गरेका हुन् ।

बिहीबार बिहान ११ साढे बजेदेखि दुईजना शीर्ष नेताबीच तीन घण्टाभन्दा लामो संवाद भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताएका छन्।

दुईजनाबीच बिहान ११ बजेदेखि साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको हो । दुईजनाबीचको यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको रावलले खबरहबलाई बताएका छन्।

‘उहाँहरूबीच तीन घण्टाभन्दा बढी समय एक्ला एक्लै वार्ता भएको हो’, उनले भने, ‘फागुन २१ को निर्वाचनमै केन्द्रित भएर संवाद भएको । यसले दुई पक्षबीच विश्वासको वातावरण बनाउन मद्दत गरेको छ।’

रावलका अनुसार ओलीले संवादका क्रममा एमालेले निर्वाचनमा कुनै बाधा नगर्ने वचन प्रधानमन्त्रीलाई दिएका छन् । ‘उहाँ (ओली) ले एमालेबाट निर्वाचनमा कुनै बाधा हुँदैन । ध्वंस पनि गर्दैन भनेर सरकारलाई विश्वास दिलाउनु भएको छ’, रावलले अगाडि भने, ‘प्रधानमन्त्रीसँगको संवादमा ओलीले एमाले निर्वाचनमा सहभागी भएर स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनु भएको छ।’

उक्त भेटका क्रममा ओलीले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्यबारे पनि चासो व्यक्त गरेको रावलले बताएका छन् ।

ओलीले प्रधानमन्त्रीसँगको संवादमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे पनि चासो राखेका छन् । उता प्रधानमन्त्री कार्कीले सबै व्यवस्था सरकारले मिलाएको बताउँदै ढुक्क भएर निर्वाचनमा होमिन आग्रह गरेकी थिइन् ।

उनले एमालेले आफूलाई निर्वाचनमा होम्ने निर्णय गरेकोमा ओलीलाई धन्यवाद पनि दिएकी छन् । त्यस्तै ११ औँ महाधिवेशन गरेर राजनीतिक गतिविधिलाई अगाडि बढाएकोमा पनि उनले ओलीप्रति खुसी प्रकट गरेकी छन् ।

ओलीले सरकारले शान्ति सुरक्षा कायम गरेर निष्पक्ष निर्वाचन हुने वातावरण बनाएमा एमाले नभाग्ने पनि विश्वास प्रधानमन्त्रीलाई दिलाएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा सत्ताच्युत भएका ओली र भदौ २७ गते सत्तामा आएकी कार्कीबीच लामो समय संवादहीन अवस्था थियो ।

तर प्रधानमन्त्री भएको दुई महिनापछि दलहरूसँग संवाद थालेकी कार्कीले एमाले अध्यक्ष ओलीसँग यसरी प्रत्यक्ष वार्ता गरेको यो तेस्रो पटक हो । यसअघि शीतल निवास र बालुवाटारमा ओलीसहितका शीर्ष नेतासँग कार्कीले संवाद गरिसकेकी छन् । तर ओलीसँग प्रधानमन्त्रीले एक्ला एक्लै संवाद गरेको भने यो पहिलो पटक हो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : २५ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका