चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’ « Khabarhub

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदमा पराजित भएका नेता विष्णुप्रसाद रिमाल पुनः पार्टीको निर्णय प्रक्रियाको माथिल्लो तहमा फर्किएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’ को कार्यविधि संशोधन गर्दै रिमालका लागि सचिवालय बैठकको ढोका खोलिदिएका हुन्।

​एमालेको ‘अन्तरपार्टी निर्देशन-१’ अनुसार प्रतिष्ठानको कार्यविधिमा महत्त्वपूर्ण परिमार्जन गरिएको छ। संशोधित कार्यविधिमा प्रतिष्ठानको अध्यक्षमा ‘पूर्व पदाधिकारी वा पदाधिकारी सरहको व्यक्ति’ नियुक्त हुन सक्ने र उनलाई पार्टीको केन्द्रीय सचिवालय बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन सकिने व्यवस्था गरिएको छ।

​किन महत्त्वपूर्ण छ यो निर्णय?
​१. महाधिवेशनको पराजयपछि पुररागमन: रिमाल एघारौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका थिए। उनी केन्द्रीय सदस्यमा समेत पराजित भएपछि पार्टीको औपचारिक जिम्मेवारीबाट बाहिरिएका थिए।

२. सचिवालयमा पहुँच: एमालेमा ‘सचिवालय’ सबैभन्दा शक्तिशाली कार्यकारी निकाय हो। यो संशोधनले रिमाललाई पराजित भएर पनि सचिवालयका नेताहरूसँगै बसेर नीतिगत निर्णयमा प्रभावशाली भूमिका खेल्ने अवसर प्रदान गरेको छ।

३. ओलीका विश्वासपात्र: अध्यक्ष ओलीले रिमालको विज्ञता र अनुभवलाई पार्टी काममा उपयोग गर्नकै लागि यो विशेष व्यवस्था गरेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

​निर्देशनमा भनिएको छ, ‘प्रतिष्ठानको अध्यक्षलाई केन्द्रीय आयोगका अध्यक्ष सरह केन्द्रीय सचिवालयको बैठकमा आमन्त्रित गर्न सक्ने व्यवस्था गरिएको छ। सोही आधारमा निवर्तमान उपमहासचिव कमरेड विष्णुप्रसाद रिमाललाई नियुक्त गर्ने निर्णय गरिएको छ।’

​यसका साथै रिमाललाई निर्वाचन परिचालन समितिको सचिव र घोषणापत्र मस्यौदा समितिको सदस्य जस्ता शक्तिशाली पदहरूमा पनि मनोनीत गरिएको छ, जसले पार्टीभित्र उनको कद पुरानै अवस्थामा फर्किए।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १० : ४५ बजे

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा