आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई कसरी राख्ने प्रेम प्रस्ताव « Khabarhub

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई कसरी राख्ने प्रेम प्रस्ताव


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।

यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ ।

यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव

१. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् :

सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् । युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन् र रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् ।

२. स्थानको छनोटमा ध्यान दिनुहोस् :

आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् ।

३. आफ्नो लुक्समा ध्यान दिनुस् :

आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।

४. उपहार छनोट गर्नुहोस् :

तपाईंको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहार दिएर आफूतर्फ आकर्षित गर्नुहोस् ।

यो दिन रोमान्टिक प्रस्तावको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्ताव हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ११ : ३९ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह