भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन् « Khabarhub

भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन्


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले दिवंगत चर्चित अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

दूतावासले आइताबर जारी गरेको शोक सन्देशमा भारतीय तथा नेपाली चलचित्र क्षेत्रमा सुनिल थापाले पुर्‍याएको योगदान स्मरण गरेको छ ।

उनको निधनले दुवै देशको सिने क्षेत्रमा अपूरणीय क्षति पुगेको दूतावासले उल्लेख गरेको छ। भारतीय र नेपाली सिनेमामा उनका स्मरणीय अभिनयले भारत–नेपालबीचको सांस्कृतिक अन्तरक्रिया र आपसी समझदारीलाई थप मजबुत बनाएको दूतावासको भनाइ छ।

दूतावासले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त र प्रशंसकप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ३२ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष