मोरङमा निर्वाचनको लागि सामग्री प्याकिङ गर्न थालियो « Khabarhub

मोरङमा निर्वाचनको लागि सामग्री प्याकिङ गर्न थालियो


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङमा निर्वाचन सामग्री प्याकिङ गर्न थालिएको छ ।  

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ३७ प्रकारका मतदान सामग्रीहरू प्याकिङ शुरु गरिएको र निर्वाचन आयोगबाट उपलब्ध हुने सामग्री प्राप्त भएपछि सबै सामग्री एकमुष्ट मतदान अधिकृतहरूलाई वितरण गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

३७ प्रकारका मतदान सामग्रीमा अनुसूची फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ गर्ने झोला लगायतका सामग्री रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए । 

उनले ३७ प्रकारका सामग्रीहरू स्थानीय बजारबाट खरिद गरिएको र बाँकी १५ वटा सामग्रीहरू केन्द्रबाट आउने जानकारी दिए ।

मोरङमा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिकाहरूमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र रहेका छन् । 

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई दुई दिने तालिम दिएपछि नियुक्ति पत्रका साथै निर्वाचन सामग्री, मतपत्र, रकम हस्तान्तरण गरी सम्बन्धित मतदान केन्द्रमा पठाइने बताइएको छ ।
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ४७ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई