वैतेश्वर माविको ७३औँ स्थापना दिवस : विद्यालय संरक्षणमा नयाँ पुस्ताको जोड « Khabarhub

वैतेश्वर माविको ७३औँ स्थापना दिवस : विद्यालय संरक्षणमा नयाँ पुस्ताको जोड


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाकै पुरानो वैतेश्वर माध्यमिक विद्यालयको पुरानो इतिहास र शैक्षिक उपलब्धिको सन्दर्भमा धेरैले चासोसँगै चिन्ता व्यक्त गर्न थालेका छन् । 

आइतबार विद्यालयले आफ्नो ७३औँ स्थापना दिवस मनाइरहँदा कार्यक्रममा सहभागी अधिकांश अतिथि वक्ता तथा पूर्व विद्यार्थी-शिक्षकले विगतलाई सम्झँदै विद्यालयको वर्तमान अवस्थाबारे चासो र चिन्ता व्यक्त गरे ।

कुनैसमय १२/१५ सय विद्यार्थीले अध्ययन-अध्यापन हुने विद्यालयमा अहिले औँलामा गन्न सकिने विद्यार्थीको उपस्थिति धेरैको चिन्ताको विषय बन्यो ।

शैक्षिक उपलब्धिमा तत्कालीन ५६/६० सालताका देशकै उत्कृष्ट नतिजा ल्याउने विद्यालय अहिले कता अलमलियो भन्दै पूर्व विद्यालयका प्रधानाध्यापक रबिचन्द्र आचार्यले टिप्पणी गरे । के कारणले विद्यालयको शैक्षिक गुणस्तर खस्केको हो । तत्काल विद्यालय,अभिभावक तथा स्थानीय सरकारले बसेर समाधान गर्न सुझाव दिए ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छबि लामाले विद्यालय भौतिक रूपमा सम्पन्नता देखिए पनि घट्दो जनसंख्याले विद्यालयको शैक्षिक उपलब्धि तथा शैक्षिक गुणस्तरमा प्रभाव पारेको बताए ।

उनले गाउँपालिकाले सिङ्गो वैतेश्वरको शैक्षिक विकासमा लगानी गरिरहेपछि केही विद्यालयहरू भौगोलिक विकटता र सहर केन्द्रित अस्थायी बसाइसराइको  कारण बन्द हुने अवस्थामा पुगेको बताए ।

सामुदायिक विद्यालयको सरक्षण गर्न आफूले देशमै पहिलो निर्णय गरेर अनिवार्य सामुदायिक विद्यालय भर्ना अभियान चलाए पनि कतिपय विद्यालयका शिक्षक,कर्मचारीले नै गाउँपालिकाको निर्णयलाई अटेर गरेर सरकारी विद्यालयलाई जागिर खाने थलोमात्र बनाएको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले विद्यालयको संरक्षण गर्नुपर्ने दायित्व स्थानीयको काँधमा रहेको उल्लेख गरिन् ।

त्यसतै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक तामाङले विद्यालयको शैक्षिक गुणस्तरमा आफ्नो तर्फबाट असीमित प्रयास गरिरहेको बताए ।

विद्यालय माविमै पढेर डाक्टर बनेका पूर्व विद्यार्थी डा.वासुप्रसाद घिमिरेपनि विद्यालयको साख जोगाउन पूर्व विद्यार्थी तथा नयाँ पुस्ता लाग्नुपर्ने दिन आएको बताए ।  

कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक उपलब्धि र समस्या समेटिएको विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक शक्तिराज उप्रेतीले प्रस्तुत गर्दै विद्यालयमा हाल एकसय ३१ जना विद्यार्थी कक्षा १ देखि १२ सम्म अध्यनरत रहेको बताए । 

विद्यालय संरक्षण तथा शैक्षिक उपलब्धिको लागि विद्यालयका पूर्व प्रधानाध्यापक आचार्यले आफूले बुझ्दै आएको एक महिना बराबरको पेन्सन रकम विद्यालयलाई चेक हस्तान्तरण गरेका थिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : २९ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले